सार्क शिक्षामन्त्रीहरुको बैठक नेपालमा हुने

काठमाडौ, २४ असोज । दक्षिण एसियाली सहयोग संगठन (सार्क)को शिक्षामन्त्रीस्तरीय बैठक नेपालमा हुने भएको छ ।माल्दिभ्सको राजधानी मालेमा सम्पन्न बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चौथो बैठक नेपालमा गर्ने प्रस्ताव राखेका थिए । जसलाई बैठकले अनुमोदन गरेको छ । समय तालिका भने सचिवालयसँग समन्वय गरेर तय हुने छ ।बैठकले दिगो विकासका लागि सार्क राष्ट्रहरुको कार्यढाँचालाई पनि अनुमोदन गरेको छ भने १० बुँदे माले घोषणा पत्र पनि जारी गरेको छ । घोषणापत्रमा दिगो विकासको लक्ष्य ४ अर्थात शिक्षाका लक्ष्यहरु प्राप्तिका लागि सार्क राष्ट्रहरुबीचको सहकार्यलाई सुदृढ बनाउँदै लैजाने प्रतिवद्धता जनाइएको छ ।

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार
प्रतिक्रिया