किन बुझाएनन सचिवले उपमहागनरपालिकालाइ मोटरसाईकल

तुलसीपुर, २४ असोज

विगत पाँच बर्षदेखि सरकारी मोटरसाईकलको चरम दुरुपयोग गर्दै आएका वडा सचिव गेहराज पौडेलले मोटरसाईकल फिर्ता नगरेको तुलसीपुर उपमहागनरपालिकाले जानकारी दिएको छ । तत्कालिन गाविस र तुलसीपुर नगरपालिका संमायोजनपछि तुलसीपुर उपमहानरपालिका अन्र्तगत रहेका वडा सचिवले चलाउदै आएको मोटरसाईकल जिन्सी शाखामा बुझाउन उपमहागनरपालिकाले वडा सचिवलाई जानकारी गराएको थियो ।

‘अन्य वडाबाट मोटरसाईकल फिर्ता आइसके,’ उपमहागनरपालिका जिन्सी शाखा प्रमुख टोपबहादुर डाँगीले भने –‘ १७ नं. का वडा सचिवलाई २/३ पटक मौखिक भन्यौ तर बुझाउनु भएको छैन् । गाडी किनेपछि दिन्छु भन्नुभएको छ । ’
वडाध्यक्षले नयाँ मोटरसाईकल लगेको वडामा सचिवले चलाउदै आएको मोटरसाईकल जिन्सीशाखाले फिर्ता गर्न भनेको छ भने जहाँ वडाध्यक्षले लगेका छैनन त्यहाँ साविककै मोटर साईकल भए सोही वडामा प्रयोग गर्न दिइएको शाखा प्रमुख डाँगीले बताए । अहिलेसम्म सचिवले प्रयोग गर्दे आएका १९ वटा मोटरसाईकल उपमहानगरपालिकामा फिर्ता भएका छन् । सचिव पौडेलले २०७२ सालदेखि सरकारी मोटरसाईकलमा रा१प ४८८७ नम्बरको रातो प्लेटको नम्बर राखेर चलाउदै आएका छन् ।

के भन्छन सचिव पौडेल ?

यता वडा सचिव गेहराज पौडेलले २०६० सालदेखि तत्कालिन मानपुर गाविसको सचिव हुदै अहिले पनि वडाको सचिव भएर बसेकाले मोटरसाईकल प्रयोग गरिरहेको बताएका छन् । तुलसीपुर उपमहागनरपालिकाले एक पटक मौखीक रुपमा मोटरसाईकल बुझाउन भने पनि आफु सोही वडामा बस्ने भएकाले नबुझाएको सचिव पौडेलले बताए ।

तुलसीपुर उपमहानगरपालिकाले १७ नं.का वडाध्यक्ष थलराज पुरीलाई रा१ब ८६७ नम्बरको मोटरसाईकल उपलब्ध गराएको छ । ‘ कि सबै वडा सचिवलाई मोटरसाईकल दिनु प¥यो कि हामीलाई पनि दिनुप¥यो,’ नाम नबताउने सर्तमा एक वडा सचिवले भने–‘ हाम्रो मात्रै किन फिर्ता मागियो ।’

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार
प्रतिक्रिया