सर्पको टोकाईबाट दाङमा एकको मृत्यु, एकको अवस्था गम्भिर

तुलसीपुर,२३ असोज
दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर बिरामी परेका छन् । मृत्यु हुनेमा घोराही उपमहागनरपालिका –१० झारगैरा निबासी ३५ बर्षका बुदिराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद कुमार शाहले जानकारी दिए । चौधरीलाई मसुरो छर्ने क्रममा डूम सर्पले टोेको थियो ।

सर्पकले टोके लगत्तै उपचारका लाग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याउने क्रमmमा मृत्यु भएको प्रहरीे बताएको छ । यसैगरी सर्पको टोकाईबाट पश्चिम दाङको शान्तिनगर गाउँपालिका –२ बाघमारे निबासी ६० बर्षका रामबहादुर रावत गम्भिर बिरामी परेका छन् । घरको बरण्डामा बसीरहेका बेला रावतलाई सर्पले टोकेको थियो । अचेत अवस्थाम रहेको रावतको राप्ती प्रादेशीक अस्पताल त ुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

प्रकाशित मिति : २०७६ असोज २३ गते बिहिवार
प्रतिक्रिया