सल्यानमा भान्जाले गरे मामालाई खुर्पा प्रहार

 

तुलसीपुर,२१ असाेज

भान्जाले खुर्पा प्रहार गरेर सल्यानमा मामालाई घाइते बनाएका छन् । घाइते हुनेमा बागचौर नगरपालिका ४ सिमखोली निवासी ५० बर्षका लिलामान घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

घाइतेको जिल्ला अस्पताल सल्यानमा उपाचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ । खुर्पा प्रहार गर्ने भान्जा राजेश घर्तीलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको सल्यानका प्रहरी प्रमुख ठगेन्द्र खतिवडाले जानकारी दिए । घाइतेका आफन्तले कुनै वादाविवाद र रिसीवीइ विना एक्कासी खुर्पा प्रहार गरेको जानारी दिएका छन् ।

 

प्रकाशित मिति : २०७६ असोज २१ गते मङ्गलवार
प्रतिक्रिया