यात्रु ठगी गर्ने चालक सहचालकलाई हदै सम्मको कारवाही गछौ :ट्राफिक प्रमुख रेग्मी

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, २० असोज ।नेपालीहरुको महान् चार्ड विजया दशमीलाई मध्येनजर गदै जिल्लामा ट्राफिक व्यवस्थापनलाई चुस्तदुस्त पारिएको छ । यात्रुहरुको सुरक्षित यात्रा र सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गदै जिल्लामा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र सवारी चेकजाँचलाई कडाई पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
मापसे गरी सवारी चलाउने, क्षमता भन्दा वढि यात्रु तथा समान राख्ने, तिव्र गतिमा सवारी सधान चलाउने जस्ता गतिविधीलाई रोक्नका लागी ठाउँठाउँमा चेकजाँचको व्यवस्थापन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेम प्रसाद रेग्मीले जानकारी दिएका छन् ।जिल्लामा भएको ट्राफिक प्रहरीको सम्पुर्ण जनशक्ति परिचालन गरिएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिएका छन् ।
त्यस्तैगरी यात्रुहरुको सहजताका लागी तुलसीपुर, घोराही , लमही र भालुवाङ बसपार्कमा यात्रु सहायता कक्ष राखीएको छ ।कुनै यात्रुलाई समस्या वा यातायात मजदुरले दुव्यवहारमा गरेमा आफना गुनासो त्यहा राख्न सकिने उनले बताएका छन् ।यदि कसैले यात्रुमाथी बढि भाडा लिएर ठगी गर्ने, यात्रु मैत्री व्यवहार नगर्ने चालक तथा सहचालकलाई हदैसम्मको कारवाही गर्ने ट्राफिक प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७६ असोज २० गते सोमवार
प्रतिक्रिया