दाङका प्रमुख शहरहरु सुनसान बन्दै

तुलसीपुर, २० असोज । नेपालीहरुको महान् पर्व विजया दशमीको टिका आउन अव एक दिन मात्र बाँकी रहदा दाङका प्रमुख शहरहरुमा चहलपहल कम हुदै जान थालेको छ । कामको शिलशिलामा बजारमा बस्दै आएका मानिसहरु गाउँ जान थालेपछि बजारहरुमा चहलपहल घटेको हो । जिल्लाका प्रमुख शहर तुलसीपुर, घोराही, नारायणपुर, लमही, भालुवाङ लगाएतका बजारमा उद्योग, व्यवसाय सन्चालन गरि बस्दै आएका व्यापारीहरु दशै मनाउन गाउँ जान थालेपछि बजारमा चहलपहल घट्दै जान थालेको हो । गाउँघरमा भने दशैको रमझम बढ्दै गएको पाईएको छ । कामको शिलशिलामा घर बाहिर रहेका मानिसहरु गाउँघरमा फर्किए पछि गाउँमा दशैको रौनक बढ्दै जान थालको हो । यस्तैगरी सवारी साधनहरु समेत अन्य दिनको तुलनामा कम सन्चालनमा आएका छन् ।

प्रकाशित मिति : २०७६ असोज २० गते सोमवार
प्रतिक्रिया