अदालतले दियो महरालाई पक्राउ गर्ने आदेश

ओपेन्द्र बस्नेत
तुलसीपुर,१९ असोज / निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमान्डौ जिल्ला अदालतले आदेश दिएको छ । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसंग अनुमति मागेको थियो । प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

महरा भाग्न सक्ने भन्दै प्रहरीले उच्च निगरानी राखेको छ भने पक्राउ गर्नका लागि सरकारी वकीलसंग पनि परामर्श गरिरहेको महानगरीय प्रहरी परिसर काठमान्डौका प्रहरी प्रमुख उत्तम सुवेदीले जानकारी दिए । अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनमति दिएपछि प्रहरीलाई पक्राउ गर्न बाटो खुलेको हो ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले आइतबार राति मदिराले मातेका महराले आफुलाई बलात्कारको प्रयास गरेको भन्दै शनिबार कीटानी जाहेरी दिएकी थिइन । बलात्कारको आरोप लागेछि गत सोमबार महराले सभामुख पदबाट राजीनामा दिएका दिएका थिए । महरा दाङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।

 

प्रकाशित मिति : २०७६ असोज १९ गते आइतवार
प्रतिक्रिया