गफ होइन काम गर्छु : वडाध्यक्ष केसी

तुलसीपुर,१९ असोज
तुलसीपुर उपमहागनरपालिका–८ का वडाध्यक्ष वेदबहादुर केसीले गफ भन्दा पनि काम गरेर देखाइदिने  बताएका छन् । सामाजिक कामदेखि विकास निर्माणका कार्यमा लागि परेको भन्दै वडाध्यक्ष केसीले जनतालाई दिएको आश्वासन पुरा गर्ने बताएका छन् । ‘स्थानयि तहसंग रेडियो प्रकृति’ कार्यक्रममा उनले निर्वाचनको समयमा गरेका बाचा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘मेयर पनि हाम्रै वडाका पायका छौ त्यसैले हामी भाग्मानीपनि छौ,’ वडाध्यक्ष केसीले भने ‘एउटै वडामा दुई स्वास्थ्य केन्द्र स्थापना गरेका छौ । भ्युटावर निर्माणको चरणमा छौ भने मावि अश्वारामा प्राविधिक शिक्षा संचालन गरेका छौ ।’ गलत काम गराउन खोज्नेहरुको काम नगर्दा आफनो विरोध गर्ने गरेको भन्दै उनले ढाइ बर्षको अवधिमा गरेका विकास निर्माणका काम जनता माझ छर्लङ भएको बताए ।

प्रकाशित मिति : २०७६ असोज १९ गते आइतवार
प्रतिक्रिया