जनताको आशा पुरा गर्छौ : केसी

तुलसीपुर, १८ असोज

संघिय सांसद हिराचन्द्र केसीले जनताको आशालाई पुरा गर्ने प्रतिवद्धता दोह¥याएका छन् । तुलसीपुर उपमहानगरपालिका–३ गहतेमा आयोजना गरेको दशैमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गदै उनले यस क्षेत्रको विकासका लागि सधै लागिपर्ने बताए । संघले नीति बनाउने र स्थानीय तहले कार्यान्वय गर्ने बताउदै सांसद केसीले आवश्यकताको आधारमा आगामी दिनमा बजेट बिनियोजन गर्ने बताए । त्यसैगरी कार्यक्रममा नेपाल कम्युनष्टि पार्टीका प्रदेश सचिव जगप्रसाद शर्मा अपारले देशमा समृद्धि यहि सरकारकै पालामा आउने बताए ।

कम्युनिष्टको नेतृत्वमा देशमा विकास र आर्थिक समृद्धिले गति लिने भन्दै सचिव शर्माले संघिय संरचनाको कानुन बनाउदा नै एक बर्ष बढी समय लागेकाले अपेक्षा अनुसार कामले गति लिन नसकेको बताए । त्यसैगरी कार्यक्रममा तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डेले अहिलेको बजेटले काम गर्दा तुलसीपुर उपमहानगरपालिकाको मुहार परिवर्तन गर्न ५६ बर्ष लाग्ने बताउनुभयो ।

उपमहानगरपालिकाको विकास बजेटको तथ्याङ प्रस्तुत गर्दै मेयर पाण्डेले बैदेशिक ऋण र अनुदान प्राप्त नहुने हो भने अपेक्षा अनुसार विकासले गतिलिन नसक्ने बताए । कार्यक्रमा तुलसीपुर उपमहागनरपालिका ३ का वडाध्यक्ष विजय विकले भौगोलिक दृष्टिकोणका कारण बर्षेनी विनियोजन हुने बजेट प्राप्त नभएको बताए ।

कार्यक्रममा कम्युनष्टि पार्टी नेकपाका नेता चुर्णबहादुर वली, अमृत शर्माल लगाएतले बोलेका थिए । मनकामना टोल विकास संस्थाका अध्यक्ष लक्ष्मी हमालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण देवराज केसीले गरेका थिए । कार्यक्रमको आयोजना मनकामना, गहते र त्रिवेणी टोलविकास संस्थाले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ असोज १८ गते शनिवार
प्रतिक्रिया