देउखुरी दुर्घटनामा परि गम्भिर घाईते भएका बस चालकको मुत्यु

तुलसीपुर, १८ असोज । बस र ट्रक एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परि घाईते भएका बस चालकको उपचारको क्रममा मुत्यु भएको छ । देउखुरीमा शनिवार विहान पौने तिन बजेतिर बस र ट्रक एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परि गम्भिर घाईते भएका बस चालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका १ निवासी अरूण चौधरीको भैरहवामा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा परि १२ जना घाईते भएका थिए ।
घाईते हुनेमा ट्रक चालक प्युठान सुरमारानी गाउँपालिका ४ बड्डाडा बस्ने बर्ष २७ को बिजय गाहा रहेका छन् । उनको अवस्था गम्भिर रहेको र बुटवलमा उपचार भईरहेको प्रहरीले बताएको छ । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको ना १ ख ४७९३ नम्वरको ट्रक र विपरित दिशाबाट आउदै गरेको ना ५ ख ५१८३ नम्बरको बस एक आपसमा ठोकिदा दुर्घटना भएको हो ।

यस्तै दुर्घटनामा परि घाईते भएकी बसमा सवार यात्रु कैलाली जिल्ला गौरीगंगा नगरपालिका १० निवासी १९ वर्षिय प्रिति चौधरीको कोलपुर उपचार भईरहेको बताईएको छ । यस्तै दुर्घटनामा घाईते हुनेहरुमा कैलाली घोडाघुडी न.पा.१ बस्ने बर्ष ३२ को चेतराज ओजा, सोहि वडा बस्ने बर्ष २९ को राधी नारायण ओझा, बर्ष १७ की माया कुमारी उपाध्याय, सोहि जिल्लाको उकासेपुर न.पा.१ बस्ने बर्ष १६ को राम पाल चौधरी, गौरीगंगा न.पा.१० बस्ने बर्ष १९ की तित्री चौधरी, पाल्पा माथागढी गा.पा.६ बस्ने बर्ष २९ को मोतीराम घर्ति, भक्तपुर सुर्य बिनायक न.पा.९ बस्ने बर्ष ३७ को बिरबल तामाङ, मकवानपुर मनोहरी गा.पा.७ बस्ने बर्ष ३२ को शेर बहादुर बि.क, चितनवन राज गा.पा.७ बस्ने बर्ष २५ को सुदिप सुनार घाईते भएका छन् । उनीहरुको राप्ती सेवा पोलिक्लिनिक भालुवाङमा सामान्य उपचार पछि घर फर्कि सकेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ असोज १८ गते शनिवार
प्रतिक्रिया