चाडपर्वका कारण इन्धनको मूल्य बढेन

काठमाडौ, १८ असोज । नेपाल आयल निगमले दशैं लगायत चाडपर्वलाई लक्षित गरेर स्वचालित मूल्य प्रणाली स्थगन गरेको छ । निगमले एक विज्ञप्ति जारी गर्दै भारतीय आयल निगमबाट बढेको मूल्य सूची प्राप्त भए पनि चाडपर्वका कारण इन्धनको मूल्य तत्काल नबढाइएको स्पष्ट पारेको छ । अक्टोबर १ तारिकमा आईओसीबाट निगमले प्राप्त गरेको नयाँ मूल्यसूची प्राप्त गरेको थियो । त्यसमा सबै खाले इन्धनको मूल्य बढेको छ । स्वचालित मूल्य प्रणाली अन्र्तगत निगमले मूल्य समायोजन गर्नुपर्ने भए पनि दशैं लगायत मूल्य चाडपर्वका कारण मूल्य स्थिर राखिएको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताउनुभयो । यसअघि आईओसीको नयाँ मूल्य सूचीका आधारमा इन्धनको मूल्य घटाउने र बढाउने प्रचलन थियो ।

प्रकाशित मिति : २०७६ असोज १८ गते शनिवार
प्रतिक्रिया