संगिताको उपचारका लागी संकलन भएको रकम हस्तान्तरण

तुलसीपुर, १७ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नं। १३ फुलवारी निवासी २२ बर्षीय संगीता विश्वकर्माको उपचारका लागी संकलन भएको रकम शुक्रवार हस्तान्तरण गरिएको छ । नेकपा वडा कमिटिले एक कार्यक्रमको आयोजना गरी संकलन भएको ५२ हजार पाँच सय दश रुपैया संगिताकी श्रीमान् कमल विकलाई हस्तान्तरण गरेको हो । केहि समय अघि घर पोत्ने माटो लिन गएको बेला माटोको ढिस्कोले पुरिएर गम्भीर घाईते भएकी संगिताको उपचारमा आर्थिक अभाव भएपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) तुलसीपुर नगर कमिटि सचिबालय सदस्य तथा नगर बिकास समिति सदस्य दिपशिखा घर्ती, नगर कमिटि सदस्य मोहन पौडेल र तुलसीपत्र दैनिकका प्रबन्धक हेमराज डाँगीको पहलमा आर्थिक सहयोग संकलन गरिएको हो । उनको अहिले नेपालगञ्ज स्थित नर्सिङ होममा उपचार भईरहेको छ ।खुट्टाको घुँडाको तल्लो भाग ‘फ्याक्चर’ भएकाले उपचारका लागि करिब साढे तीन लाख लाग्ने अनुमान गरिएको छ । तर उनको त्यहा उपचार सम्भव नभएकाले थप उपचारका लागी काठमाडौ लैजानुपर्ने भएको छ ।

प्रकाशित मिति : २०७६ असोज १७ गते शुक्रवार
प्रतिक्रिया