मैले टिकट पाए गुट–उपगुट समाप्त हुन्छ : आचार्य

तुलसीपुर,१६ भदौ

कांग्रेस नेता केशव आचार्यले आफुले टिकट पाएमा पार्टी भित्रको गुटउपगुट समाप्त भएर जाने बताएका छन् । मंसिर १४ गते दाङ निर्वाचन क्षेत्र न.३(ख)मा हुने उपनिर्वाचनमा आफुले टिकट पाउने दाबी गर्दै नेता आचार्यले निश्कलंकित र बिबादरहित व्यक्ती भएकाले पार्टीभित्रको अन्र्तघात समाप्त हुने बताए ।
‘चुनाव जसरी भएपनि जित्नुपर्ने भन्नेमा कांग्रेस पुगेको छ,’ आचार्यले भने– विगतका निर्वाचनमा यो वा त्यो नभनेर सबै नेतालाई मैले सहयोग गरेको छु । सबैको भावना समेट्ने भएकाले पनि म उठ्दा गुटउपगुट पार्टीभित्र हुदैन ।’

सानै उमेरदेखि पार्टीमा लागेको, जनताको सुखदुःमा साथ दिएको, आफनो घर पनि त्यस क्षेत्रमा भएको र स्थानीय तहदेखि नेतृत्व तहसंग पनि भेटघाट र छलफल भएकाले पार्टीभित्रको एक्लो उमेदवार भएको नेता आचार्यले बताए । तपाईलाई त चुनावमा केशवले पैसा खर्च गर्दैन लोभी छ भन्छननी भन्ने प्रश्नमा उनले भने ‘मेरो अहिले पनि सलौरामा ३/४ विघाह जमीन छ । छोरीजवाई अस्ट्रेलियामा छन् । श्रीमती छैनन् हजुरलाई थाहै छ । कसैकालागि बचाईदिउँ भन्ने छैन आवश्यक परे एक विघाह जग्गा बेच्न तयार छु ।’ पैसाकै कारणले नरोकीने आचार्यले बताए ।

प्रकाशित मिति : २०७६ असोज १६ गते बिहिवार
प्रतिक्रिया