आर्थिक अभावका कारण उपचार नगरी घर फर्किए ६७ बर्षिय बृद्ध

तुलसीपुर १५ असोज । दाङका तुलसीपुर ३ पैयाखोरे निवासी ६७ वर्षिय जितमान विक आर्थिक अभावका कारण स्वास्थ्य उपचार नगरी घर फर्किन बाध्य भएका छन् ।उनको कम्मर मुनि बायाँ खुट्टाको अप्रेसन गर्नुपर्ने डाक्टरको सुझाव छ ।राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका हाडजोर्नी डाक्टरका अनुसार कम्मर मुनिको अप्रेसन गर्न झन्डै पचास हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । तर उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएको उनले बताएका छन् । जटिल प्रकृतिको अप्रेशन भएकाले आईसियुको समेत आबश्यकता पर्न सक्ने भन्दै अस्पतालले अप्रेशन गर्न नमानेको विकका आफन्तीको भनाई छ ।
अव उनलाई थप उपचार गर्न जिल्ला बाहिर लैजानु पर्ने भएपनि आर्थिक अवस्था निकै कमजोर भएका कारण जिल्ला बाहिर लैजान नसकेको उनकी बहिनीले बताएकी छिन् ।दाईहरुको घरको अवस्था कमजोर छ उनले भनिन् साँझ बेलुकाको छाक टार्न समेत मुस्किल छ । उनका श्रीमती ,दुई छोरी र एक छोरा छन् । उनकी श्रीमती सुस्त मनस्थितिकी भएको बताईएको छ भने छोराछोरी सानै रहेका छन् । आर्थिक अभावका कारण आफनो दाईको उपचार गर्न नसकी घर फर्काउन बाध्य भएको बताईएको छ ।कहिकतैबाट सहयोग रकम प्राप्त भएमा आर्थिक संकलन गरी दाईको उपचार गर्ने उनले बताएकी छिन् । साथै आर्थिक सहयोगका लागी सक्दो सहयोग गरिदिन उनले सवैमा याचना गरेकी थिईन् । उनीहरुको आन्दानीको श्रोत भनेको सकारले दिएको बृद्धभत्ता बाहेक अन्य केहि छैन भने मजदुरी गर्ने अवस्था समेत उमेर ढल्कीसकेको छ ।
गत भदौ अन्तिम सातामा जंगलमा दाउरा काट्न गएको समयमा भिरबाट लडेर घाईते भएपछि उनी थला परेका थिए । लडेर घाईते भएका विकले स्थानिय जडीबुटीबाट घरेलु उपचार गरेका थिए । झन्डै दुई हप्ता घरमै बसेर घरेलु उपचार गरेपनि उनको समस्या झनै जटिल हुन थाले पछि मात्रै गत सोमवार उनलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको थियो ।उनी राप्ती प्रादेशिक अस्पतालको ईमरजेन्सी वार्डको वेडमा तिन दिन सम्म बसेर अन्तत आर्थिक संकलन हुन नसकेपछि बाध्य भएर बुधवार घर फर्किएका छन् ।

 

प्रकाशित मिति : २०७६ असोज १५ गते बुधवार
प्रतिक्रिया