समाबेशिता हुन जरुरी छ : अध्यक्ष चौधरी

दिप्तीशिखा चौधरी,दंगीशरण १५ असोज । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले समाजमा लैंगिक समानता ल्याउन हरेक निकायमा समावेशिता हुन जरुरी रहेको बताएका छन । अझै पनि समाजमा व्याप्त रहेको सामाजिक कुसंस्कार हट्न नसकेको भन्दै यसलाई समावेशिकरण गर्न विद्यालयबाट अभियान सुरु गर्नुपर्ने बताएका हुन । लैंगिक समानताका विषयमा शिक्षकहरुले नै विद्यालयबाट सुरु गर्दा समाज परिवर्तन गर्न सकिने बताएका छन । सरकारले ल्याएको निती नियम अनुसार समावेशिताले केहि भाग ओगटे पनि विभिन्न तहमा पूर्ण रुप नलिएको उनले बताए

कार्यक्रममा सहभागिहरुले काममा समानता नआउदा सम्म लैंगिक रुपमा समानता नहुने बताए । घरमै विभेद हुने भएकाले यसलाई परविर्तन गर्न धेरै समय लाग्ने उनीहरुको धारणा थियो । कसैलाई पनि लैंगिक रुपमा विभेद गर्न नहुने भन्दै अवको स्थानीय तहले नै निती निर्माण तयार पारिनुपर्ने अवस्था रहेको सहभागिको भनाई थियो ।
साथै उनीहरुले लिंगका आधारमा कामको बाडँफाडँ गर्न नहुने , समान सहभागिता सुनिश्चित गर्नुपर्ने , समाजले लैंगिक दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्न भूमिका निर्वाह गर्नुपर्ने, बिद्मालय तहमा लैंगिक समानता सम्बन्धि पाठ्यक्रम समावेश गरिनुपर्ने, लैंगिक समानता सम्बन्धि गोष्ठि, सेमिनारको आयोजना गरिनुपर्ने जस्ता कार्यहरु गर्न आवश्यक रहेको निष्कर्ष निकालेका थिए ।

यस्तै कार्यक्रममा बालबालिकाहरुले लैंगिक समानता तथा सामाजिक समावेशिकरणका लागि बालबालीकाको समान सहभागिता गराईनुपर्ने, स्थानीय तहमा हुने कुनै पनि कार्यक्रममा महिला र पुरुषको समान सहभागिता हुनुपर्ने , स्थानीय तहमा विभीन्न निती तथा कार्यक्रम तयार गर्न सकिने लगाएतका कुराहरु प्रस्तुत गरेका थिए ।
समाजमा बातावरणिय शिक्षाको विकाश सिड सस्ंथाले आयोजना तथा आई.एम. नेपालको सहयोगमा दुई दिने लैंगिक समानता र सामाजिक समावेशिकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रमको सहजिकरण सिडका माधव चौधरीले गरेका थिए भने सिडका सस्ंथापक अध्यक्ष भागिराम चौधरीले कार्यक्रको उद्धेश्य माथि प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २०७६ असोज १५ गते बुधवार
प्रतिक्रिया