जेष्ठ नागरिक दिवसमा छोराबुहारी र छोरीज्वाईलाई सम्मान

तुलसीपुर , १४ असोज । २९ औँ अन्र्तराष्टिय जेष्ठ नागरिक दिवस दाङ लगाएत देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।दिवसका अवसरमा तुलसीपुरमा आयोजना गरिएको एक कार्यक्रममा छोराबुहारी र छोरीज्वाईलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक बुवा आमालाई सम्मान तथा उदाहरणीय तरिकाले पालनपोषण गदै आएको भन्दै जेष्ठ नागरिक वडा सन्जालबाट सिफारिस भई आएकाहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा २४ जना रहेका छन् । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा जेष्ठ नागरिक नगर सन्जाल र सरोकारवालाहरुको समन्वयमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७६ असोज १४ गते मङ्गलवार
प्रतिक्रिया