लागु औषध सहित घोराहीमा एक जना पक्राउ

तुलसीपुर, १४ असोज । दाङको घोराहीमा लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा माडी गाँउपालिका ४ बस्ने वर्ष १८ का सुनिल डि।सी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही १४ मिलन चोक टोलमा लागु औषध व्राउन सुगर साथमा लिई विक्री वितरणका लागी हिडिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उनलाई ६ वटा पुरिया प्लाष्टिक सहित तौल गर्दा २ ग्राम र धुलो पदार्थ गरी जम्मा १ ग्राम ७१० मिलि ग्राम लागु औषध बरामद गरिएको हो । पक्राउ परेका उनी माथी लागु औषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२ ग वमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ असोज १४ गते मङ्गलवार
प्रतिक्रिया