चितुवाको छालासहित दाङमा एक जना पक्राउ

तुलसीपुर, १४ असोज । दाङमा चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नं १४ का १९ वर्षिय भिमप्रसाद विक रहेका छन् । चितुवाको छाला लिएर हिडीरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय दाङको एक टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको साथमा रहेको झोलामा खालतलासी गर्दा टाउँकोदेखि पुच्छर सम्मको ७ फिट ६ ईञ्चको चितुवाको छाला फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले बताएका जानकारी दिएका छन् ।उनी माथी प्रारम्भीक अनुसन्धान पछि राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ अन्र्तरगत थप कारवाहीका लागी जिल्ला वन कार्यालय दाङमा पठाईएको उनले बताए ।

प्रकाशित मिति : २०७६ असोज १४ गते मङ्गलवार
प्रतिक्रिया