तुलसीपुर बजारको एक पसल र डेरीमा चोरी(विस्तृतमा)

तुलसीपुर, १४ असोज । तुलसीपुर बजारमा गएराती चोरी भएको प्रहरीले बताएको छ । तुलसीपुर बजार बाहिनीचोक नजिकै सुर्य प्रसाद पौडेले आफनै घरमा सन्चालन गरेको पौडेल किराना पसल र नजिकै रहेको अर्जुन बस्नेतले सन्चालन गरेको पशुपति डेरीमा सोमवार विहान दुई वजेतिर चोरी भएको सन्चालकहरुले बताएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार पशुपति डेरी र किराना पसलको ग्रिल फोडेर चोरी भएको छ । डेरीबाट पनि झन्डै ५० हजार बरावरको चोरी भएको बताईएको छ । यस्तै किराना पसलबाट पनि नगद सहित समान चोरी भएको बबताईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीका अनुसार डेरीमा सिसि क्यामरा जडान भएकाले फुटेजको आधारमा अनुसन्धान गरिने छ ।

प्रकाशित मिति : २०७६ असोज १४ गते मङ्गलवार
प्रतिक्रिया