रोल्पाको लुङ्ग्री खोलामा बस खस्यो, दुई जनाको ज्यान गयो

रोल्पा,१३ असोज ।  रोल्पामा बस दुर्घटना भएको छ । आज दिउसोँ सवा १ बजे बस दुर्घटनामा परी दुई जनाको ज्यान गएको हो । जिल्लाको रुइनिबाङ बजारको जीप पार्कमा फर्काउने क्रममा ब्याक गर्दा ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको प्रहरीले जनाएको छ ।दुर्घटनामा लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय यात्रु सूर्यलाल जीएमको घटनास्थलमै ज्यान गएको सुनिल स्मृति गाउँपालिका का वडा नम्बर –३ सदस्य सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

रुइनिबाङबाट लुङ्ग्री गाउँपालिकाको सिर्पका लागि छुट्ने तयारीमा रहेको बस यात्रु लिन जाने क्रममा ब्याक गर्दा खोलामा खसेको प्रहरीले जनाएको छ । बसमा अन्य यात्रु नभएको प्रहरीले जनाएको छ ।

फाईल तस्वीर

प्रकाशित मिति : २०७६ असोज १३ गते सोमवार
प्रतिक्रिया