यातायात मजदुरहरु सभ्य र अनुशासित हुनुपर्दछ : राई

तुलसीपुर, १३ असोज । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष ध्यान बहादुर राईले यातायात मजदुरहरु सभ्य र अनुशासित हुन जरुरी रहेको बताएका छन् ।तुलसीपुर उपमहानगर कमिटिको आयोजनामा तुलसीपुरको नयाँबसपार्कमा भएको दशैतिहार र छर्ठ पर्वको अवसरमा शुभकामना आदान प्रदान एवं ट्राफिक सचेतना कार्यक्रमलाई सम्वोधन गदै उनले यस्तो बताएका हुन् ।सार्वजनिक यातायातका सवारी साधनका चालक र सहचालकले यात्रुमैत्री व्यवहार र ट्राफिक नियमको पालना गरेमा सवारी दुर्घटनामा समेत कमी आउने उनको भनाई थियो । विगतका व्यवहार र शैलीलाई परिवर्तन गरी यातायात मजदुर पनि सभ्य नागरिक हुन् भन्ने पहिचान बनाउन उनले सवै यातायात मजदुरहरुलाई सुझाव दिएका छन् ।

कमिटिका अध्यक्ष केशव बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात राष्टिय महासंघका केन्द्रिय सल्लाहकार सुरेस हमालले मजदुरलाई नियुक्ती पत्रका लागी राज्यले ठोस निति बनाउनु पर्ने बताएका छन् । सरकारले ल्याएको सामाजिक सुरक्षा कोष अन्र्तगत यातायात मजदुरले सेवा सुविधा पाउनुपर्ने माग गदै त्यसका लागी राज्यले ठोस निति बनाउन आबश्यक रहेको उनको भनाई थियो ।

प्रकाशित मिति : २०७६ असोज १३ गते सोमवार
प्रतिक्रिया