स्वतन्त्र मजदुर संगठनको बम्पर उपहारको नतिजा सार्वजनिक

काठमाडौ, १२ असोज । यातायात मजदुरहरुको छाता संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्वर ३ कमिटिले चार्डपर्वलाई लक्षित गदै ल्याएको बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ । उक्त प्याकेज अनुसार बम्पर उपहार खशी देखी भित्तेघडी सम्मको रहेका छन् । जसका लागी केहि समय अघि नै टिकट खुल्ला गरेको थियो । संगठनले आईतवार आफनै कार्यालय पुरानो बसपार्कमा एक कार्यक्रमको आयोजना गरी उपहारको नतिजा सार्वजनिक गरेको छ । बम्पर उपहार अन्र्तगत विजेताले खशी, प्रथम विजेताले ल्यापटप, दोस्रो उपहार एलईडी टिभी, तेस्रो उपहार राईसकुकर दुई थान, चौथो उपहार आईरन तिन थान र सान्त्वना उपहार अन्र्तगत एक सय थान भित्तेघडीको व्यवस्था रहेको छ । साथै विजेता भएकाहरुलाई उपहार प्राप्त गर्नका लागी अधकट्टी सहित आगामी कात्तिक १२ गते सम्म कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०७६ असोज १२ गते आइतवार
प्रतिक्रिया