देशलाई प्राविधिक जनशक्तिको खाँचो छ : सुवेदी

तुलसीपुर, १२ असोज । सिटिईभिटी प्रदेश नम्वर ५ का उपनिर्देशक यादव सुवेदीले देशलाई प्राविधिक जनशक्तिको खाचो रहेको बताएका छन् । देशमा प्राविधिक दक्ष जनशक्ति उत्पादन गरेर ती जनशक्तिहरुले स्वदेशमै रहेर स्वरोजगार बनाउनका लागी देशभर प्राविधिक शिक्षालय स्थापना भएको उनको भनाई थियो ।
देशभर एक हजार बढि प्राविधिक शिक्षालयले सिटिईभीटीबाट मान्यता प्राप्त गरी विभिन्न प्राविधिक शिक्षा सन्चालन गदै आएको उनले बताएका छन् । वष्र्टन नेपाल कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानिजमेन्ट तुलसीपुर ६ रजौराले तुलसीपुरमा आयोजना गरेको प्राविधिक शिक्षामा शैक्षिक गुणस्तर सुधारका लागी औद्योगिक क्षेत्रको संलग्नता तथा सम्पुर्ण पाठ्यक्रम सुधार विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अहिलेको व्यहारिक शिक्षाको आबश्यकता परेको बताउदै उनले सवैलाई दक्ष बनाउने उद्देश्यका साथ प्राविधिक शिक्षाको विकास भएको बताएका छन् ।
उनले डिप्लोमा, टिएसएलसी र विभिन्न कोर्ष गरी तीन विधिबाट प्राविधिक शिक्षा दिने गरेको बताएका छन् । बेरोजगारलाई स्वदेशमै स्वरोजगार बनाउनका लागी प्राविधिक शिक्षालाई राज्यले नै अगाडी बढाएको उनले बताएका छन् ।
सो अवसरमा सोनापुर सिमेन्ट प्रालिका ईन्जिनियर गजेन्द्र बहादुर केसीले प्राविधिक शिक्षा तर्फको पाठ्यक्रम अनुसार पठनपाठन गर्नु भन्दा पनि प्रयोगात्मक अभ्यासलाई बढि जोड दिनुपर्ने बताएका छन् ।विद्यार्थीहरुले पाठ्यक्रम अनुसार पढाई संगसंगै प्रयोगात्मक अभ्यासमा पनि उत्तिकै जोड दिनुपर्ने बताएका छन् ।नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका शव ईन्जिनियर केवी वलीले प्राविधिक शिक्षालाई थप प्रभावकारी र व्यवहारिक बनाउनु पर्नेमा जोड दिएका छन् ।
कलेजका प्रिन्सिपल ओमकार वलीको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायी विर बहादुर वली, पत्रकार लक्ष्मण विश्वकर्मा, कलेजका पुर्व विद्यार्थी नरेन्द्र खड्का र हिमाल विकले आआफना जिज्ञासा राखेका थिए । कलेजका संयोजक सुर्य बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार बसन्त पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७६ असोज १२ गते आइतवार
प्रतिक्रिया