अफिम काण्डमा तुलसीपुरका प्रेम पुन सल्यानमा पक्राउ

तुलसीपुर,११ असोज
८ सय ८४ ग्राम लागुऔषध अफिम सहित सल्यानमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहागनरपालिका –१२ निबासी १८ बर्षका प्रेम पुन, रुकुमको बाँफीकोट गाउँपालिका ९ बस्ने २० बर्षका कमल विष्टमगर र आठविसकोट नगरपालिका–१२ निबासी २२ बर्षका मानबहादुर गिरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानका ढेकेन्द्र खतिवडाले जानकारी दिए । उनिहरुलाई बागचौर नगरपालिका–४बाट पक्राउ गरिएको हो । पक्राउ परेका सबैजनलाई लागुऔषध ओसारपसार ऐन अन्तर्गत मुद्दा चलाईने प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिवार
प्रतिक्रिया