पर्सेनीमा नगरस्वास्थ्य केन्द्र स्थापना पछि स्थानियलाई सहज

लक्ष्मण विश्वकर्मा, तुलसीपुर ११ असोज । तत्कालिन हलवार गाविसमा एउटा मात्रै हलवार स्वास्थ्य चौकी स्थापना भएको थियो । जुन तत्कालिन हलवार गाविस वडा नम्वर ८ खाद्रेमा रहेको छ । तत्कालिन गाविसमा ९ वटा वडा रहेकाले उक्त स्वास्थ्य चौकी अधिकांसलाई कुपाएक पर्दथ्र्यो । यद्यपी उनीहरु सामान्य विरामी पर्दा घण्टौ समय लगाएर भएपनि हलवार स्वास्थ्य चौकीमा पुगेर विभिन्न सेवा लिने गरेका थिए । त्यसपछि देश संघिय संरचना अनुसार तत्कालिन हलवार गाविस तत्कालिन तुलसीपुर नगरपालिकामा गाभिए पछि तत्कालिन हलवार गाविस वडा नम्वर १,२ र ३ अहिले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ पर्दछ । त्यस क्षेत्रमा नजिकै स्वास्थ्य संस्था नहुदा स्थानिय सामान्य विरामी पर्दा तुलसीपुर बजार आउनुपर्ने बाध्यता थियो ।तर अव त्यो समस्या हटेको छ ।विगतमा नजिकै स्वास्थ्य संस्था नहुदा समस्या भोग्दै आएका स्थानियहरु पर्सेनीमा नगर स्वास्थ्य केन्द्र स्थापना भएपछि अव भने उक्त समस्याबाट मुक्त भएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले पर्सेनीमा नगर स्वास्थ्य केन्द्र स्थापना गरेपछि आफुहरुलाई धेरै सहज भएको तुलसीपुर ७ कालोखोला निवासी लक्ष्मी शर्माले बताएकी छिन् । विगतमा सामान्य विरामी पर्दा उपचारका लागी तुलसीपुर बजार आउनु बाध्यता भएपनि अव त्यस्तो समस्या नभएको उनको भनाई छ । पर्सेनीमा नगर स्वास्थ्य केन्द्र स्थापना भएको एक वर्ष भयो । केन्द्रले सामान्य तया रुघाखोकी, ज्वरो, टाउको दुख्ने, गर्भवति महिलाको स्वास्थ्य चेकजाँच र विभिन्न खोप सेवा जस्ता सेवाहरु दिदै आएको छ ।केन्द्रमा अहिले दैनिक जसो ३५ देखी ४० जना सम्म विरामीहरु स्वास्थ्य सेवा लिन आउने गरेका छन् । बालक देखी जेष्ठ नागरिक सम्मका नागरिकले दैनिक सेवा लिन आउने गरेको पर्सेनी नगर स्वास्थ्य केन्द्रकी ईन्चार्ज हरिकुमारी डिसीले बताएकी छिन् ।उनका अनुसार सेवा लिनेमा धेरै जसो बालबालिका , महिला र जेष्ठ नागरिकहरु रहेका छन् ।केन्द्रले सामान्य चोटपटक लागेको उपचार सेवा दिनुको साथै स्वास्थ्य परामर्श समेत दिदै आएको ईन्चार्ज डिसीको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि आईसकेपछि नगरका हरेक नागरिकको स्वास्थ्यमा पहुँच पुग्ने गरी हरेक वडामा स्वास्थ्य संस्थाहरु स्थापना भएका छन् ।प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरी विभिन्न कार्यक्रम मार्फत सेवा दिदै आएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताएका छन् । उनका अनुसार नगरका १९ वटै वटामा गरेर अहिले ८ वटा स्वास्थ्य चौकी, ११ वटा नगर स्वास्थ्य केन्द्र र एउटा शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र गरी २० वटा स्वास्थ्य संस्था रहेका छन् ।नेपालको संविधान २०७२ ले हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिवार
प्रतिक्रिया