असोज १२ गते प्रदेश सरकारद्धारा सार्वजनिक विदा

दाङ, १० असोज । बडा दशैको घटस्थापनाका दिन यहि असोज १२ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको मुख्य सचिव हरिप्रसाद बस्यालले बताए। घटस्थापनाको दिनमा यस अघि नेपाल सरकारले सार्वजनिक बिदा दिँदै आएको थियो । नेपालीहरुको महान पर्वको अवसरमा केही संघ संस्थाहरुले घटस्थापनाका दिन सार्वजनिक बिदा दिन माग गरे अनुसार प्रदेश सरकारले घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय भएको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ असोज १० गते शुक्रवार
प्रतिक्रिया