गौ हत्या गरेको आरोपमा बाँकेमा तिन जना पक्राउ

दाङ, ९ असोज । बाँकेमा गाई काटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ७ बढुवाको खेतमा गाई काटेको आरोपमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँलाई इलाका प्रहरी कार्यालय, धनौलीले पक्राउ गरेको हो ।
बुधबार राति ११ बजे गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरीहरु प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु ल्याइसकेको अवस्थामा प्रहरीले भेटाएको थियो ।
इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाका अनुसार, तीनजनाको घरबाट मासु बरामद गरिएको छ । अर्का एकजना फरार रहेका छन् ।तीनजनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको निरीक्षक थपलियाले बताउनुभयो । घटनास्थलमा टाउको र खुट्टा फेला परेको प्रहरी निरीक्षक थपलियाले जानकारी दिनुभयो। प्रहरी निरीक्षक थपलियाले पक्राउ परेका तीनै जनाविरुद्ध गौ हत्या मुद्दा दायर गरिने बताए ।

प्रकाशित मिति : २०७६ असोज ९ गते बिहिवार
प्रतिक्रिया