श्राद्ध गर्न गएका ब्राहमणद्धारा बालिका बलात्कारको प्रयास

 

तुलसीपुर, ८ असाेज
पश्चिम दाङमा श्राद्ध गर्न गएका ब्राहमणले बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोप लागेको छ । श्राद्ध गर्न गएका बबई गाउँपालिका– ७ मठेउरी निबासी ६० बर्षका गोविन्द शर्मा आचार्यले ८ बर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

‘बाउन श्राद्ध गर्न गएको रहेछ,’ बालिकाका बाबुले भने –‘आउँदा बाटोमा कसैलाई नभन्नु भन्दै २० रुपैयाँ दिएर हातपात गर्नखोजेपछि छोरी भागेर बचि ।’ बालिकाको आफन्तले सुरक्षीत घर पु¥याइदिने भन्दै बालिकालाई आरोपित ब्राहमणसंगै घर पठाई दिएका थिए । ती ब्राहमण बालिकाको आफन्तको घरमा श्राद्ध गर्न गएका थिए । आरोपितको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक हरिहर नाथ योगीले जानकारी दिए । आरोपित अहिले फरार रहेका छन् ।

प्रकाशित मिति : २०७६ असोज ८ गते बुधवार
प्रतिक्रिया