कृषि विकास बैंकका तीन वटा शाखाबाट कसरी चोरी भयो २ करोड रुपैयाँ

काठमाण्डौ, ८ असोज । कृषि विकास बैंकका तीन वटा शाखाका कम्प्युटर सिस्टम ह्याक गरेर मंगलबार राति झण्डै २ करोड रुपैयाँ चोरी भएको प्रहरीले बताएको छ ।प्रारम्भिक जानकारी अनुसार सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै २ करोड रुपैयाँ चोरी भएको प्रहरी स्रोतले जनाएको छ ।

चोरी घटनामा संलग्न भएको आसंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । ह्याकरले बैंकको ब्यालेन्स सिटमै प्रवेश गरेर रकम अनेत्र सारेको जनाईएको छ । चोरी भएको रकम ग्राहकको खाताको पैसा नभई बैंकको आफ्नै खाताबाट भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी तथा फच्यौट विभागका प्रमुख बमबहादुर मिश्रले बताएका छन् । यसअघि गएको महिनामा पनि चिनियाँ ह्याकरहरुले नेपाल र भारतमा एटीएम ह्याक गरेर तीन करोड रुपैयाँ भन्दा धेरै रकम चोरी गरेको घटना सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २०७६ असोज ८ गते बुधवार
प्रतिक्रिया