स्वच्छ मासु लेखेको पोष्टरमा गाईको तस्विर छापिएपछि विभागले यसरी माफी माग्यो

काठमाडौ, ७ असोज । पशु सेवा विभागले दशैँलाई लक्षित गरी ‘वधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखी सार्वजनिक गरेको पोस्टरमा गाईको फोटो पर्न गएकोमा माफी मागेको छ ।मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्बिर राखिएपछि त्यो पोस्टरको आलोचना भएको थियो ।आलोचनापछि विभागले गाईको फोटो भुलवश पर्न गएको भन्दै माफी मागेको छ ।गाईको फोटो परेकोमा माफी मागे पनि पोस्टरमा भएका अन्य गल्तीमा भने विभागको अझै ध्यान पुगेको छैन ।स्वच्छ मासु भनिएको पोस्टरमा पाठाले दूध खाइरहेको माउ बाख्रा, बंगुर, माछा लगाएतको तस्बिर पनि राखिएको छ ।

प्रकाशित मिति : २०७६ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया