हेभी इक्युप्मेन्टलाई सडकमा दौडाउन हुदैन : मुख्यमन्त्री पोख्रेल

तुलसीपुर, ७ असोज

५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले हेभी इक्युप्मेन्टलाई सार्वजनिक सडकमा दौडाउनु नहुने बताएका छन् । हेभी इक्युप्मेन्ट अपरेटर संघको भेलालाई तुलसीपुरमा सम्बोधन गदै उनले यसतो बताएका हुन । जिल्लाका सार्वजनिक सडकमा हेभी इक्युप्मेन्ट दौडाउनु ट्राफिक नियम बिपरित भएको भन्दै अपरेटरले सामान्य ट्राफिक नियमको ख्याल गर्नुपर्ने बताए ।

हेभी इक्युप्मेन्टलाई मनलाग्दी तवरले सडकमा गुडाउदा क्षेति हुन सक्ने भन्दै मुख्यमन्त्री पोख्रेलले कुनै सवारी साधनमा लिएर मात्रै निश्चित ठाउँमा लगेर निकाल्नु पर्ने बताए । इन्जीनेरीङ बिना मन लाग्दी भौतिक पुर्वाधारको काम गर्दा पछिल्लो समय पहिरोको जोखिम बढेको भन्दै सुझबुझ ढंगले काम गर्न अपरेटरहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : २०७६ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया