तातोपानी नाका दश दिन बन्द हुने

काठमाडौ, ७ असोज । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करिब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ ।सीमा पुलबाट सात किलोमिटरमाथि रहेको उक्त सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य सुरु गरिएकाले आठ /दश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले बताउनुभयो । उक्त नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरू पनि सडक बन्द भएपछि केरुङतर्फ फर्काइएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०७६ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया