दाङबाट काठमाडौ जादै गरेको बस पुर्वी नवलपरासीमा दुर्घटना, तुलसीपुरका ४ जना घाईते,कार र ट्रक ठोकिदा पाँच जनाको मुत्यु, तिन जनाको सनाखत

लक्ष्मण विश्वकर्मा,दाङ,७ असोज । पुर्वी नवलपरासीको छुट्टाछुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परि ६ जनाको मुत्यु भएको छ भने १५ जना घाईते भएको प्रहरीले जनाएको छ । जिल्लाको कावासोती नगरपालिका ८ पूर्व–पश्चिम राजमार्गमा सोमबार राति पौने ११ वजेतिर ट्रक र कार एक आपसमा ठोक्किँदा कारमा सवार पाँच जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । मुत्यु हुनेमा कारमा सवार जिल्लाको देवचुली नगरपालिका वडा नम्वर १ केउरेनी बस्ने ३५ वर्षिय पुर्ण बहादुर विक, सोहि नगरपालिका ५ बस्ने दिल बहादुर मगर र कैलालीका सुरज राना मगर रहेका छन् । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका पाँचै जनाको उद्धार गरी उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमा नै सबैजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक अधिकारीले बताएका छन् ।
बस दुर्घटना हुदा चालकको मुत्यु १५ जना घाईते
पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० स्थित जंगलमा मंगलवार विहान २ बजे दाङबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ८६४२ नम्बरको बस दुर्घटना हुदा बस चालकको मुत्यु भएको छ भने अन्य १५ जना घाईते भएको प्रहरीले बताएको छ । दुर्घटनामा परि मुत्यु हुनेमा मकवानपुर घर भएका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिना रहेको नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

घाइते हुनेमा सल्यान कालीमाटी गा.पा. ४ बस्ने बर्ष २७ को राम बहादुर ओली, सोहि ठाउँ बस्ने बर्ष ३५ को लेखराज के.सी.,सोहि गा.पा. ४ बस्ने बर्ष २० को प्रकास के.सी., सोहि जिल्लाका बर्ष २३ को रोहित चन्द, कपुरकोट गा.पा. ४ बस्ने बर्ष २७ को दिपक पुन, सोहि गाउँपालिका ३ बस्ने बर्ष ४२ दल बहादुर ओली, सुनसरी ईनरुवा न.पा. १० बस्ने बर्ष २५ को रिजवार आलम, रोल्पा गंगादेब गा.पा. ६ बस्ने बर्ष ५६ को नवल सिह, नवलपरासी पूर्ब बिनयत्रिबेणि गा.पा. १ बस्ने बर्ष ४१ को नर बहादुर श्रेष्ठ, रुकुम (पूर्ब) भुमे गा.पा. ८ बस्ने बर्ष ३४ को प्रेम बहादुर मगर, दाङ तुलसीपुर उ.म.न.पा. १४ बसका सह चालक बर्ष १९ को सुजन बुढाथोकी,सोहि उपमहानगरपालिका १ बस्ने बर्ष ३३ को प्रेम भुषाल, सोहि उपमहानगरपालिका वडा नम्वर ५ बस्ने बर्ष ४० कि दुर्गा परीयार, सोहि ठाउँकी बर्ष २४ कि कल्पना परियार र गुल्मी दरबडी गा.पा. ५ बस्ने बर्ष ४५ को जगदीश अर्याल रहेका छन् । दुर्घटनामा घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार चार जनाको नवलपुर अस्पताल, एक जनाको कालिगण्डकी अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७६ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया