दाङमा डेंगुको संक्रमण एक सय चार जनामा भेटियो

तुलसपिुर,६ असोज । दाङमा डेंगु रोगका विरामीहरु बढ्दै गएका छन । जिल्लामा सचेतनामुलक कार्यक्रम जारी रहेपनि विरामीको संख्या बढिरहेको छ । हिजा सम्मको अवधिमा जिल्लामा १ सय ४ जना विरामी भेटिएका छन ।

उनिहरु मध्ये ९४ जना उपचार पछि घर फर्किएका छन । चार जनालाई अन्यत्र पठाइएको जिल्ला जनश्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार
प्रतिक्रिया