नारायण भण्डारी घोराहीमा मृत फेला

तुलसीपुर,५ असोज
अत्याधिक मदिरा सेवनबाट घोराहीमा एक जनाको मृत्यु भएको छ । स्याङजाको चापकोट घर भई हाल घोराहीमा सब्जीमण्डी नजिकै बेबी पशल गरी बस्ने अन्दाजी ३५ बर्षको नारायण प्रसाद भण्डारी , निशा तन्दुरी होटलमा मृत अवस्थामा भेटिएका छन् । मदिरा सेवन गरी आएका भण्डारी सुतेकै अवस्थमा आज बिहान मृत अवस्थामा भेटिएको प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

खुकुरी प्रहार गर्ने पक्राउ

यसैविच खुकुरी प्रहार गरेको आरोपमा भागेका एक युवकलाई प्रहरीले पक्रउ गरेको छ । पक्राउ पर्नेमा घोराही–१४ गरगरुवा निबासी राज थपामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  थापमा मगरले भदौ ७ गते घोराही १८ निबासी  त्रिशक्ति बर्तौलालाई खुकुरी हानी फरार भए का थिए ।

प्रकाशित मिति : २०७६ असोज ५ गते आइतवार
प्रतिक्रिया