धमकापुरमा निशुल्क स्वास्थ्य शिविर संचालन

तुलसीपुर, ४ असोज

तुलसीपुर उपमहानगरपालिका– १५ को धमकापुर स्कुलमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा तीन सय बढीले स्वास्थ्य चेकजाँच गराएका छन् । शिविरमा आएका मध्य अधिकांसमा सुगर,ब्लड प्रेसर, हाडजोर्नी, निमोनिया र बालबालिकामा भिटामिन र क्याल्सीयमको समस्या देखिको डा. मोहमद नासिम अक्रम मिक्रानीले जानकारी दिए ।

चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतमा भएको शिविरमा नेपाल कम्युनष्टि पार्टी नेकपाका जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीको प्रमुख आथित्यमा भएका कार्यक्रममा तुुलसीपुर उपमहानगरपालिका – १५ का वडाध्यक्ष लक्ष्मण चौधरी, तुलसीपुर उपमहागनरपालिका न्यायीक समिति सदस्य जानका रेग्मी, चेम्बरका बरिष्ठ उपाध्यक्ष प्रेम बाँठा, उपाध्यक्ष वेणु अधिकारी, कोषाध्यक्ष सन्तोष खड्का, सदस्य तेजविक्रम घर्ती, युवराज नेपाली, देवबहादुर पाण्डे , व्यवसायी मोहन घर्ती लगाएतले नियमित स्वास्थ्य चेकजाँचबाट नै सुखी र समृद्ध जीवनयापन गर्न सकिने बताएका थिए ।

कार्यक्रमको सहजीकरण चेम्बरका सदस्य ऋषीराज भण्डारीले गरेका थिए । शिविरमा डा. अमित कुमार शाह, ल्याबाट बबिता जिएम, सरस्वती शर्मा तथा फामेर्सीबाट मदन न्यौपाने र धनबहादुर सोमरीको टोली रहेको पाल्पाली पोली क्लिनिकका सुरज ज्ञावलीले जानकारी दिए ।  तुलसीपुर चेम्बर अफ कर्मस तथा तुलसीपुर उपमहागनरपालिका–१५ को संयुक्त आयोजना र पाल्पाली पोली क्लिनिकको प्राविधिक सहायोगमा एक दिने निशुल्क स्वास्थ्य शिविरको अयोजना गरिएको हो ।

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिवार
प्रतिक्रिया