मोटरसाईकल दुर्घटना हुदा दुई जनाको ज्यान गयो

तुलसीपुर,४ असोज । दाङको घोराहीमा भएको मोटरसाईकल दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।
ज्यान जानेमा घोराही उपमहमानगरपालिका वडा नं. ९ निवासी २५ बर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी २५ बर्षीय दिपक विकको रहेको प्रहरीले जानकारी दिएको छ ।

तुलसीपुर बाट घोराही तर्फ जादै गरेको रा ४ प ७८९३ नम्वरको मोटरसाईकल राती गुकाली डाडा स्थित दुर्घटनामा परेको हो ।  दुर्घटनामा परि गम्भीर घाइते दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन । दुरी देखाउन बनाईएको सिमेन्टको पिल्लरमा ठोकिन गई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिवार
प्रतिक्रिया