शान्तिनगरमा प्रभात फेरि

तुलसीपुर,३ असाेज

संबिधान दिबसको अबसरमा शान्तिनगर गाउँपालिका चिराघाटले आज प्रभात फेरि कार्यक्रम गर्नु का साथै हाजिरिजवाफ प्रतियोगिता र सरसफाइ कार्यक्रम गरेको छ। गाउँपालिकाका अध्यक्ष कमान सिङ्ग डाङ्गिको अध्यक्षतामा भएको हाजिरिजवाफ प्रतियोगितामा वडा नम्बर सातका अध्यक्ष पिम लाल ओलि को टिम पहिलो/ वडा नम्बर चारका अध्यक्ष धन बहादुर के सि को टिम दोस्रो / वडा नम्बर दुइका अध्यक्ष फर्साराम डाङ्गिको टिम तेस्रो र वडा नम्बर एकका अध्यक्ष जङ्ग बहादुर पुन को टिम सान्त्वना भएका थिए ।

कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत निम बहादुर के सि र शिक्षा शाखा प्रमुख घनश्याम ओलि ले संबिधान दिबस शुभकामना मन्तव्य दिनु भएको थियो साथै गाउँ पालिकाले हिजो दिप प्रज्वलन गरेको थियो गाउँपालिकाले भोली सम्म सबै ले घर घरमा दिपावली गरेर मनाउन आघ्र समेत गरेको छ कार्यक्रम को सहजीकरण गाउँपालिकाका प्रेस सल्लाहकार निराश पाण्डेले गरेका थिए ।

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार
प्रतिक्रिया