संविधान दिवशमा तुलसीपुरमा प्रभातफेरी

तुलसीपुर,३ असोज । चौथो संविधानका दिवसको अवसरमा दाङका स्थानीय सरकारले पनि आज बिहान प्रभातफेरी गरेका छन् । संघिय सरकारले दिवसलाई भव्य बनाउन दिएको निर्देशनलाई दाङका स्थानिय सरकारले पालन गर्दै आज बिहान प्रभातफेरी गरेका हुन् । दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाले बिहान प्रभातफेरी गरेको छ । तुलसीपुर उपमहानगरपालिकाबाट शुरु भएको ¥याली बजारको परिक्रमा गर्दै बिरेन्द्र चोकमा सभामा परिणत भएको हो ।

सभामा बोल्ने सहभागिहरुले संविधानको कार्यान्वयन गरि स्थायीत्वको माग गरेका छन् । उनिहरुले अहिले पनि दलहरुको विभिन्न स्वार्थका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको भन्दै सबैका आवाजलाई सम्बोधन गर्ने बातावरण बनाउन माग गरेका छन् ।
सभामा कार्यबहाक नगरप्रमुख सुर्यबहादुर डाँगीले जनताका आधारभुत आवश्यकता पुरा गर्न सकेमात्रै संविधानको कार्यान्वयन हुने बताउनुभयो ।

सभालाई सम्बोधन गर्दै तुलसीपुर उद्यागे वाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले संविधान निर्माण भएको चार वर्ष पुरा हुँदा नागरिकमा आशाहरु पलाएको बताउँदै सफल कार्यन्वयनमा जोड दिनुभयो । दिवसको अवसरमा घोराही उपमहानगपालिका, लमही नगरपालिकाले पनि प्रभातफेरी गरेका छन् ।

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार
प्रतिक्रिया