सामुदायीक वनमा  महिलाको शव फेला

तुलसीपुर,३ असाेज

दाङमा  सामुदायीक वनमा  महिलाको शव फेला परेको छ । शुक्रबार दिउँसो १२ बजे लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु सामुदायिक वन भित्र अन्दाजि ३० वर्षिय महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय अमिलियका प्रहरी निरिक्षक खिमबहादुर घर्ती मगरले जानकारी दिए । वनमा    च्याउ खाेज्न गएका बालबालिकाले शव देखेपछि प्रहरीलाइ खबर गरेका  थिए ।  मृत्युकाे कारण र शवकाे पहिचान भएकाे छैन ।

 

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार
प्रतिक्रिया