नगरप्रमुख पाण्डेले दिए संविधान दिवसको शुभकामना

तुलसीपुर,३ असोज । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले संविधान दिवसको अवसरमा शुभकामना दिएका छन् । नेपाली जनताको लामो समयदेखिको त्याग, वलिदान र संघर्षको प्रतिफल संविधान सभा मार्फत संविधान निर्माणको ऐतिहासिक दिन भएको भन्दै उनले शुभकामना सन्देश जारी गरेका छन् ।

“ संविधानको प्रावधान अनि मर्म अनुरुप आज कुनै पनि नेपालीले लिगं, धर्म, जात, वर्ग, रंग, पहिचान, भाषा या अन्य कुनै आधारमा बिभेद सहनुपर्ने अवस्था छैन । ” शुभकामना सन्देशमा उल्लेख गरिएको छ । संविधानले मुलुकमा रहेका सवैखाले दमन र शोषणको अन्त्य गरेको भन्दै नगरप्रमुख पाण्डेले मुलुकमा अव समृद्धिको बाटोमा लैजाने जिम्मेवारी सबैको काँधमा रहेको उल्लेख गरेका छन् ।

संविधानकै मर्म अनुसार मुलुक संघीयतामा गएर अहिले स्थानीय तह सरकारका रुपमा स्थापित भएको उल्लेख गर्दै केन्द्रीकृत राज्यप्रणालीको अन्त्य गर्नु नै संविधानको मुल विशेषता भएको विज्ञप्तीमा उल्लेख छ ।

 

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार
प्रतिक्रिया