पूर्व माओवादी लडाकु बने नेपाली सेनाको सहायक रथी

काठमाडौं । तत्कालीन जनमुक्ति सेनाका लडाकु यमबहादुर अधिकारी ‘प्रतिक्षा’ नेपाली सेनाको सहायक रथीमा बढुवा भएका छन् । तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन गरिएका अधिकारीलाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सहायक रथीमा बढुवा गरेको हो । मन्त्रिपरिषदलको यो निर्णयसँगै उनी नै पूर्वलडाकुबाट सबैभन्दा माथिल्लो दर्जामा पुग्ने अधिकृत बनेका छन् ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा पदोन्नति गरिएको बताए । चार वर्षको पदावधि सकिएपछि उनको पद स्वतः खारेज हुने स्रोतले बताएको छ ।

तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि गरिएको समायोजनका क्रममा उपसेनानीमा नियुक्त गरिएका अधिकारीलाई त्यसको केही समयमै महासेनानी (कर्णेल) बनाइएको थियो ।

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार
प्रतिक्रिया