कपुरकोटमा प्रमुख प्रशासकीय अधिकृत ओलीलाई स्वागत

सल्यान, २ असोज । प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको भोलिपल्टै कपुरकोट गाउँपालिकामा नयाँ प्रमुख प्रशसकीय अधिकृत आएका छन् । बुधबार सरुवा भएर प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल प्युठानको सरुमारानी गाउँपालिका गएका छन् भने त्यहाँबाट अमर ओली कपुरकोटको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका छन् । ओलीलाइ गाउँपालिकाले विहिबार एक कार्यक्रमका विच स्वागत गरेको छ ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीलाइ स्वागत गर्दै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सम्पूर्ण कर्मचारीलाइ एक भएर विकास र समृद्धिको लागी काम गर्न निर्देशन दिए । उपाध्यक्ष तिला बुढा मगरले प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको अर्को दिनमै नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउँदा खुसि लागेको बताइन् ।

स्वागत कार्यक्रममा मन्तव्य राख्दै प्रमुख प्रशसकीय अधिकृत ओलीले आफुले जनप्रतिनिधीको भावना अनुसार आफ्नो सिप, क्षमता र दक्षताले भ्याएसम्म कपुरकोटको समृद्धिका लागी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । वडा नम्बर ३ का वडाध्यक्ष मिन बहादुर सेन, जिन्सी शाखा प्रमुख देवेन्द्र कुमार सेन लगाएतले स्वागत मन्तव्य राखेका थिए भने उपस्थीत गाउँपालिका कर्मचारिहरुले ओलीलाइ टिका, फुल मालाले स्वागत गरेका थिए ।

यसैविच नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि कपुरकोट गाउँपालिका कर्मचारिहरुको बैठक बसेको छ । बैठकमा प्रमुख प्रशसकीय अधिकृत ओलिले विषयगत शाखाका प्रमुखहरुसंग सम्बन्धीत शाखाको अवस्थाको बारेमा जानकारि लिदै आवश्यक निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार
प्रतिक्रिया