दाङमा लागु औषध कारोवार गर्नेहरु बढे, विभिन्न स्थानबाट ९ जना पक्राउ

तुलसीपुर,२ असोज । दाङमा लागु औषध कारोवार गर्नेहरु बढ्न थालेका छन । पछिल्लो पटक प्रहरीले साढे ८ किलो लागु औषध चरेस सहित तीन जनालाई पक्राउ गरेको छ । उनिहरुलाई प्रहरीले हिजो सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रोल्पा गंगादेव गाउँपालिका ४ का २१ वर्षिय गणेश वली, २७ वर्षिय भुपेन्द्र थापा र ४० वर्षिय अमृत थापालाई आठ किलो ५ सय ग्राम चरेस सहित पक्राउ गरेको हो ।

उनिहरुको साथ बाट रा ३ प ४५५९ नम्बरको मोटरसाईकल समेत बरामद भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक जनक भटराईले जानकारी दिएका छन । विषेश सूचनाका आधारमा उनिहरुलाई दाङ र रोल्पाको सिमाना खुम्बासबाट मंगलबार राती नियन्त्रणमा लिएको जनाएको थियो । यस अघि विभिन्न स्थानबाट ६ जना पक्राउ परेका थिए । उनिहरुलाई पनि प्रहरीले हिजो सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार
प्रतिक्रिया