गहतेखोलामा हाइस दुर्घटना ७ घाइते

तुलसीपुर,१ असोज
तुलसीपुरको गहतेखोलामामा हाइस पल्टीदा ७ जना घाइते भएका छन् । घाइते मध्य २ को अवस्था गम्भिर रहेको छ । तुलसीपुरबाट रगैचा तर्फ जादै गरेको बा३ख१६०२ नम्बरको हाइस अनियन्त्रीत भई पल्टीदा बबई गाउँपालिका –७ निबासी सिता चौधरी, चिन्टी चौधरी, पुर्णीमा चौधरी, मुन्य चौधरी, दंगीशरण गाउँपालिका ७ बस्ने तिलकुमारी डाँगी, पैदलयात्री तुलसीपुर – ८ निबासी कमला डाँगी, सोही ठाउँ निबासी सीता डाँगी रहेको प्रहरीले बताएको छ । गम्भिर घाइते पैदलयात्री सीता र मुन्यलाई कोहलपुर रिफर गरिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार
प्रतिक्रिया