दुर्घटनामापरी गम्भिर घाइते युवक सल्यानका

तुलसीपुर,१ असोज

आफैले चलाएको मोटरसाइकल पल्टीदा गम्भिर घाइते भएका युवको पहिचान भएको छ । घाइते युवक, सल्यानको ढोरचौर गाउँपालिका–३ फल्याँटा बस्ने १८ बर्षका हेमराज रेउले रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइते रेउलेको राप्ती प्रादेशिक अस्पतला तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । तुलसीपुर–२ को भमकेखोलाको पुल छेउँबाट रा१प रा१प२६५२ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा गम्भिर अवस्थामा बालापुर प्रहरीले उद्धार गरेर राप्ती अस्पताल तुलसीपुरमा ल्याएको थियो. ।

प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार
प्रतिक्रिया