कालिकोटमा बस दुर्घटनामा एकको मृत्यु, पाँच घाईते

 

शुभाकर विश्वकर्मा

जुम्ला जुम्ला/कालिकोटको तिला गुफा नगरपालिका १, नाग्ममा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि सिंजा गाउँपालिका १ का २७ वर्षीय नन्द बहादुर शाहीको मृत्यु भएको हो । जुम्लाको सिंजाबाट सदरमुकाम आउदै गरेको ना १ ख ७६६४ नम्बरको बस दुर्घटना हुदाँ शाहीको मृत्यु भएको र पाँच जना घाईते भएको प्रहरीले जनाको छ ।

कालिकोट र जुम्लाको सिमाना रहेको नाग्ममा दुई दिशाबाट आएका बसहरुलाई छक्याउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपि लाल बहादुर धामीका अनुसार घाईते हुनेमा मुगुको छायानाथ रारा नगरपालिका ८ का वर्ष ३० की जुनमति रावत, सोही ठाउँकी वर्ष ३२ की लालदेवी रावत रहेका छन् ।

यस्तै अछामको ढकेरी गाउँपालिकाका ३५ वर्षीय डिल्ली भूल छन् । भने जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ९ बस्ने छाया उपाध्याय र गर्भकन्या उपाध्याय रहेको डियसपि धामीले बताए । टेलिफोन सम्पर्क हुन नसक्ने भएकोले घटनाको थप विवरण आउन बाँकी रहेको छ । घाईतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको छ । चालक अहिले सम्म फरार रहेका छन् ।

फाइल फोटो

प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार
प्रतिक्रिया