लुटिए बृद्ध दम्पती मध्यरातमा

लमजुङ । लमजुङमा मध्यरातमा हतियार प्रयोग गरी एक बृद्ध दम्पत्ति लुटिएका छन् । हतियारधारी समूहले घरभित्र सुतिरहेका बृद्धबृद्धालाई अन्दाधुन्द धारिलो हतियार प्रयोग गरी लुटिएको प्रहरीले जनाएको छ । सो घट्ना जिल्लाको उत्तरी क्षेत्रमा रहेको मस्र्याङदी गाउँपालिका– ३, टुनीखर्क गाउँमा भएको प्रहरीले पुष्टि गरेको छ ।

टुनीखर्क गाउँ निवासी ७८ बर्षीय बृद्ध आइतसिंह गुरुङको घरमा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रबिन्द्रमान गुरुङले बताए । उनका अनुसार नकाव लगाएका ३ जनाको समूहमा आएकाहरूले प्रयोग गरेको हतियारबाट बृद्ध आइतसिंह गुरुङ घाइते भएका छन् ।

उनको दायाँ औंला र टाउकोमा चोट लागेका उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रनाउँ गुरुङले बताए । उनकी पत्नी विनकुमारी भन्ने भीमकुमारी गुरुङ भने आक्रमणकारीबाट जोगिएको प्रहरीले जनाएको छ ।

लुटेराहरूले बृद्धबृद्धाको साथबाट ८ तोला सुनका गहना लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रबिन्द्रमान गुरुङले बताए । उनका अनुसार प्रहरीले घटनास्थलमा अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया