दलित सेवा संघले रजत जयन्ती मनाउदै

तुलसीपुर,३० भदौ

दलित सेवा संघले भव्य समारोहका बिच आज काठमान्डौमा रजत जयन्ती मनाइरहेको छ । संघका अध्यक्ष ईश्वरी प्रसाद विश्वकर्माको अध्यक्षता तथा खेलकुद मन्त्री जगतबहादुर विकको प्रमुख आथित्यमा जारी कार्यक्रममा दलित अगुवाहरुले बोल्ने क्रम अहिले पनि जारी छ ।

कार्यक्रममा देशका ५६ जिल्लाबाट करिब २ सय जनाको सहभागीता रहेको कार्यक्रममा सहभागी दलित सेवा संघ दाङका समाजिक परिचालन अधिकृत छवि परियारले जानकारी दिए । कार्यक्रम भोली सकिदै छ । आयोजकले २८ र २९ गते रणनीतिक योजना तर्जुमा गोष्ठिको गरेको थियो ।

 

प्रकाशित मिति : २०७६ भाद्र ३० गते सोमवार
प्रतिक्रिया