आचार्यले दिए बल्ड बैंकलाई २५ हजारको फिल्टर

 

तुलसीपुर,३० भदौ 

स्वास्थ्यकर्मी वसन्तकुमार आचार्यले बल्ड बैंक तुलसीपुरलाई २५ हजार मुल्य बराबारको फिल्टर हस्तान्तरण गरेका छन् । स्वर्गीय बुबा डिल्लीराज आचार्य र हजुरबुबा रोमहर्ष आचार्यको स्मृतिमा २५ हजार एक सय रुपैयाँको फिल्टर नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा.गोकर्ण दहाल, बल्ड बैक इन्चार्ज दिलीप न्यौपाने लगाएतले समाजिक कार्यमा गरेको लगानीको प्रसंशा गरेका थिए । रेडक्रसका सभापति आचार्यकोको अध्यक्षतमा भएको हस्तान्तरण कार्यक्रमको सहजीकरण रेडक्रसका जिल्ला सदस्य भिमलाल मरासीनीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र ३० गते सोमवार
प्रतिक्रिया